गृहपृष्ठ पुल्चोकमा बिहीबार झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण

पुल्चोकमा बिहीबार झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण

ललितपुरको पुल्चोकमा बिहीबार झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका इन्स्पेक्टरसहित १८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी सन्तोष तामाङका अनुसार उनीहरूले परीक्षणका लागि कहिले स्वाब दिएका थिए भन्नेचाहिँ यकिन भएको छैन । ‘५५-५६ जनाको पिसिआर टेस्ट गराइएको थियो,’ उनले भने, ‘त्यसमा अहिलेसम्म १८ जनाको रिपोर्ट आएको हो । अरूको रिपोर्ट आउने क्रममा छ ।’

शुक्रबार नै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका १३ जना प्रहरीमा पनि संक्रमण देखिएको छ ।

प्रकाशित समय २०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु