गृहपृष्ठ ‘रातो मासु मुटु रोगीका लागि अन्यन्तै घातक’

‘रातो मासु मुटु रोगीका लागि अन्यन्तै घातक’

अस्ट्रेलियाको एउटा विश्वविद्यालयले गरेको अध्ययनले मुटु रोगीका लागि रातो मासु अत्यन्तै घातक रहेको निष्कर्ष निकालेको छ । अस्ट्रेलिया विश्वविद्यालयको टोलीले गरेको अध्ययनले रातो मासु मावन स्वास्थ्यका लागि पनि घातक हुनसक्ने देखाएको हो ।

प्रशोधित र रातो मासुले मुटुलाई असर पार्ने तत्वहरुको वृद्धि गर्ने गरेको अध्ययनले देखाएको अध्ययनकर्ताहरुले बताएका छन् । त्यस्ता तत्वहरुले मुटुसँगै नसा सम्बन्धी र चिनीरोगसम्बन्धी समस्यामा पनि नकारात्मक असर पार्ने अध्ययनको निष्कर्ष छ ।

अध्ययन टोलीका अनुसन्धानकर्ता डा. पेर्माल डेओले रातो मासुलाई रोस्ट बनाउने, भुटन बनाउने, अत्यधिक तापमा पकाउनेलगायतका प्रक्रियाबाट बनाएर खाएमा विभिन्न प्रकारका रोगीलाई हानी पु-याउने देखिएको बताएका छन् ।

प्रकाशित समय २०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु