गृहपृष्ठ कोरोनाबाट थप ९ जनाको मृत्यु, कुन जिल्लामा कति ?
कोरोनाबाट थप ९ जनाको मृत्यु, कुन जिल्लामा कति ?
फाइल तस्बिर ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको ज्यान गएको छ । पछिल्लो २४ घन्टाभित्र देशका विभिन्न जिल्लामा ३ महिला र ६ पुरूषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ८० पुगेको छ ।
शुक्रबार भने देशभर १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । ४ महिला र १० पुरूषले शुक्रबार ज्यान गुमाएका थिए ।
शनिबार मृत्यु हुनेमध्ये मोरङकी ४३ वर्षीया महिला, मकवानपुरकी ५२ वर्षीया महिला, नवलपरासीकी ३७ वर्षीया महिला र पर्साका ७५ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी, काठमाडौंमा ४१, ५९ र ६५ वर्षीय पुरुष, रुपन्देहीमा ४० वर्षीय पुरुष र महोत्तरीमा ७८ वर्षीय पुरुषले पनि पछिल्लत्र २४ घण्टाभित्र काेराेनाका कारण ज्यान गुमाएका छन् ।
शनिबार देशभर १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
संक्रमितमध्ये २७ हजार १ सय २७ जना निको भएर घर फर्किएका छन् ।
प्रकाशित समय १७:४५ बजे

















