गृहपृष्ठ कर्णालीमा २६ किलो अफिमसहित पाँच जना पक्राउ
कर्णालीमा २६ किलो अफिमसहित पाँच जना पक्राउ
जाजरकोटको नलगाड नगरपालिका २ छेप्कास्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध अफिम र नगद ५१ हजार ९ सय ६० रुपैयाँसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका ३ बस्ने ४२ वर्षीय मनबहादुर बिष्ट र जुम्ला तातोपानी गाउँपालिका ५ बस्ने ५५ वर्षीय हरिचन्द्र डाँगी छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर उनीहरुलाई जाँच गर्ने क्रममा अफिमसहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ५ जलिगार्डबाट १६ किलो अवैध लागु औषध अफिमसहित जाजरकोट नलगार्ड नगरपालिका ९ बस्ने ३७ वर्षीय प्रेमबहादुर सिंहलगायत तीन जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय लागु औषध व्यूरो र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उक्त अफिमसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १३:०८ बजे

















