गृहपृष्ठ उपत्यकामा कुन बार, कुन पसल खोल्न पाइन्छ ?
उपत्यकामा कुन बार, कुन पसल खोल्न पाइन्छ ?
उपत्यकामा तीन सातादेखिको निशेषाज्ञा खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालयहरूले अत्यावश्यकबाहेकका पसल व्यवसायका लागि बार तोकेको छ । दैनिक उपभोग्य खाद्यवस्तु, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासुका पसल व्यवसाय बिहान ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुल्नेछन् ।
जिल्ला प्रशासन कार्यालयले फुटपाथ र ठेलाको व्यापार पनि खुला गरेको छ । त्यस्तै स्टेसनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म खोल्न पाइने भएको छ ।
सवारीसाधन मर्मत गर्ने वर्कसपहरु हरेक दिन बिहान ८ देखि बेलुका ८ बजेसम्म खोल्न सकिने जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन् । निर्माण सामग्रीका पसल हरेक दिन दिउँसो २ बजेदेखि ७ बजेसम्म खुला रहनेछ ।
खुला स्थानमा भेला हुन, भीड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव र भोजभतेर गर्न भने पाइने छैन ।
अरु व्यापार व्यवसायका लागि भने बार तोकिएको छ ।
सपिङ मल, फेन्सी र कपडा पसल, जुत्ता, कस्मेटिक पसल सोमबार, बुधबार र शनिबार ।
भाँडा र भान्साका सामान बेच्ने पसल आइतबार, मंगलबार र शुक्रबार । फर्निचर र अटोमोबाइलसम्बन्धी पसल सोमबार र बुधबार ।
प्रकाशित समय २०:११ बजे

















