गृहपृष्ठ बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरणमा कडाइ

बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरणमा कडाइ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद लाभांश तथा बोनस वितरणमा कडाइ गरेको छ । राष्ट्र बैंक एकीकृत निर्देशन २०७६ परिमार्जन गरी बैंक तथा वित्तीय संस्थालाई बोनस तथा लाभांश वितरणमा कडाइ गरेको हो ।

परिमार्जित व्यवस्थाअनुसार राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कुनै पनि संस्थाले आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्न नसके बोनस तथा लाभांश घोषणा या वितरण गर्न पाउने छैनन् ।

यसअघि आर्थिक वर्षको बीचको कुनै त्रैमासमा न्यूनतम पुँजीकोष कायम गर्न नसके पनि आर्थिक वर्षको अन्त्यमा बाह्य लेखापरीक्षकबाट प्रमाणित वित्तीय विवरणबाट तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम भएको आधारमा राष्ट्र बैंकको स्वीकृति लिई बोनस सेयर वितरण गर्न पाइने व्यवस्था थियो ।

प्रकाशित समय १८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु