गृहपृष्ठ हुम्लामा जनता आवास कार्यक्रमअन्तर्गत २६५ घर निर्माण हुँदै
हुम्लामा जनता आवास कार्यक्रमअन्तर्गत २६५ घर निर्माण हुँदै
फाइल तस्बिर ।
हुम्लामा जनता आवास कार्यक्रमअन्तर्गत जिल्लाभर २६५ घर निर्माण भइरहेका छन् । सबैलाई वर्ग, क्षेत्र र समुदायलाई सुरक्षित आवासको व्यवस्था गर्नका लागि कर्णाली प्रदेश सरकारबाट गत वर्ष २०७६/७७ का लागि हुम्लामा पहिलो किस्ताबापत दुई करोड ३० लाख ५५ हजार भुक्तानी भएको छ ।
पुरै घर निर्माणका लागि जनश्रमदानबाहेक प्रदेश सरकारबाट प्रतिघर चार लाख रकम चार किस्तामा उपलब्ध हुने जनता आवाससम्बन्धी कार्यविधि कर्णाली प्रदेश सरकार २०७५ मा उल्लेख छ । गत वर्ष हुम्लाको प्रदेश निर्वाचन क्षेत्र ‘क’ र ‘ख’का विपन्न वर्गका मानिसका लागि निर्माणाधीन २६५ घरका लागि पहिलो किस्ताबापत प्रतिघर ८७ हजारका दरले भुक्तान गरिएको पूर्वाधार विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख देवी ऐडीले जानकारी दिए । कर्णाली प्रदेश निर्वाचन क्षेत्र ‘क’मा ११९ र ‘ख’मा १३२ घर निर्माण भइरहेका छन् ।
प्रकाशित समय ०७:४७ बजे

















