गृहपृष्ठ एनआईसी एशिया बैंकमा ७.७५ प्रतिशत ब्याजदरमै सेयर धितो कर्जा
एनआईसी एशिया बैंकमा ७.७५ प्रतिशत ब्याजदरमै सेयर धितो कर्जा
एनआईसी एशिया बैंकले सर्वाधिक न्यूनतम ब्याजदरमा सेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘लोन अगेन्स्ट सेयर’ योजना ल्याएको छ । बैंकले नेपालको बैंकिङ क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदर वार्षिक ७.७५ प्रतिशत रहेको उक्त कर्जा योजना सार्वजनिक गरेको जनाएको हो ।
नयाँ योजनाअनुसार ग्राहकले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीलगायतका कम्पनीको साधारण सेयर बैंकमा धितो राखेर १२० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । यो योजनाअन्तर्गत न्यूनतम् १ करोडदेखि अधिकतम १५ करोडसम्म कर्जा लिन सकिने बैंकले जनाएको छ । यसअन्तर्गत ५० लाख रुपैयाँसम्मको ओभरड्राफ्ट कर्जासमेत लिन सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय ०७:४१ बजे

















