गृहपृष्ठ देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
फाइल तस्बिर ।
मंगलबार देशभरको मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरको मौसम बदली भइ केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेको मौसमविद्ले बताएका छन् । सोही कारण देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को झापा आसपासका स्थानहरूमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित समय १०:२७ बजे

















