गृहपृष्ठ महालक्ष्मी नगरपालिकाका प्रमुखलाई कोरोना पुष्टि
महालक्ष्मी नगरपालिकाका प्रमुखलाई कोरोना पुष्टि
ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै संक्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए ।
उनले भने, ‘म हाल किष्ट मेडिकल कलेज ग्वार्काेमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।’ (रासस)
प्रकाशित समय १०:०५ बजे
















