गृहपृष्ठ सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प, राजधानीमा ठूलो झड्का महसुस

सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प, राजधानीमा ठूलो झड्का महसुस

राजधानीमा भूकम्पको ठूलो झड्का महसुस भएको छ । ठूलो झड्का महसुस भएपछि धेरै मानिस अत्तालिँदै बाहिर निस्किएमा छन् ।

बिहान ५ बजेर २० मिनेटमा भुइँचालो गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको हो । उनका अनुसार यो २०७२ सालकै भूकम्पको परकम्प हो ।

भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पाैडेलका अनुसार सिन्धुपाल्चोकमा तीन पटकसम्म धक्का महसुस भएको थियो । मानिसहरू अत्तालिँदै धेरै घरबाहिर निस्किएको उनले बताए । ‘भूकम्प त ठूलै हो तर क्षति भएन होला, अहिलेसम्म कसैले कुनै जानकारी दिएका छैनन्,’ उनले भने ।

भूकम्पको धक्का पोखरा, चितवन, खाँदबारी, वीरगन्ज, जनकपुरलगायतका स्थानसम्म भएको बताइएको छ ।

(अद्यावधिक गरिएको समाचार)

प्रकाशित समय ०५:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु