गृहपृष्ठ कोरोना संक्रमणबाट पहिलोपटक सैनिकको मृत्यु
कोरोना संक्रमणबाट पहिलोपटक सैनिकको मृत्यु
फाइल तस्बिर ।
नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ । काठमाडौँमा कार्यरत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा आएको थियो । यसैबीच नेपाली सेनामा हालसम्म कोभिड- १९ को संक्रमण पुष्टि भएको संख्या दुई हजार ५६ पुगेको छ ।
तीमध्ये ४०१ जनालाई निको भइसकेको भने एक हजार ६५४ सक्रिय संक्रमित भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।
प्रकाशित समय १२:५३ बजे

















