गृहपृष्ठ नेकपाको सचिवालय बैठक पेरिसडाँडामा सुरु

नेकपाको सचिवालय बैठक पेरिसडाँडामा सुरु

फाइल तस्बिर ।

पछिल्लो समय लगातार प्रधानमन्त्री निवास बालुवाटारमा वा नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

सचिवालय बैठकमा गएको भदौ २६ गते स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनबारे छलफल हुँदैछ । सो सहमति अनुसार प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मवारी पाएका थिए ।

पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएपछि पहिलोपटक पूर्वमाओवादीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा आइतबार नेकपाको बैठक सुरु भएको हो ।

सो बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली पनि सहभागी भएका छन् । असोज २ गते बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित गरी आइतबारका लागि सारिएको थियो ।

प्रकाशित समय १२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु