गृहपृष्ठ ‘हिमचितुवा’को अन्तिम बिदाइ (तस्बिरहरू)
‘हिमचितुवा’को अन्तिम बिदाइ (तस्बिरहरू)
कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राजकीय सम्मानका साथ बुधबार बाैद्धस्थित शेर्पा गुम्बामा अन्तेष्टि गरिएको छ । उनको पार्थिव शरीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय झण्डा ओढाइएका थिए भने सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो । राजनीतिककर्मी, पर्यटन तथा पर्वतारोण पेशा र व्यवसायमा आवद्ध व्यक्ति, शुभचिन्तकहरू शेर्पाप्रति श्रद्धाञ्जलि अर्पण गर्न बाैद्ध पुगेका थिए ।
सोलुखुम्बुको थामेमा जन्मिएका उनले सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका थिए । पहिलोपटक करीब २० वर्षका उमेरमा चोयु हिमालको आरोहण गरेका शेर्पाले विनाअक्सिजन पहिलोपटक सन् १९८३ मा सगरमाथा चुचुरामा पाइला टेकेका थिए । उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यसै कारण उनलाई ‘हिम चितुवा’ उपनाम दिइएको थियो । शेर्पाको सोमबार जोरपाटीस्थित निवासमा ७२ वर्षको उमेरमा निधन भएको थियो ।






प्रकाशित समय १३:५७ बजे

















