गृहपृष्ठ एकै पटक १४ हजारभन्दा बढी कर्मचारीलाई जरिवाना
एकै पटक १४ हजारभन्दा बढी कर्मचारीलाई जरिवाना
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयमा सम्पत्ति विवरण नबुझाउने विभिन्न तहका १४ हजारभन्दा बढी जना पदाधिकारी, कर्मचारी, सैनिक, प्रहरी र स्थायी शिक्षकलाई ५ हजार रुपैयाँका दरले जरिवाना गराउने निर्णय गरेको छ ।
राष्ट्रिय सतर्कता केन्द्रबाट प्राप्त आर्थिक वर्ष २०७५/०७६ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदनले दिएको सिफारिसअनुसार अख्तियारले ती १४ हजार ८८ जनालाई जरिवाना गराउने निर्णय गरेको हो ।
अख्तियारका अनुसार आव २०७५/०७६ मा उल्लेख भएका संघीय तहका निजामती कर्मचारी तर्फका २ हजार ५०४ जना, नेपाल प्रहरीतर्फका १११ जना, शिक्षक तर्फका ७६१३ जना तथा यीबाहेक अन्य पदाधिकारी कर्मचारीहरु १४३२ जना पदाधिकारी/कर्मचारीहरुलाई ५ हजार रूपैयाँका दरले जरिवाना गरिएको छ ।
यस्तै, सतर्कता केन्द्रको प्रतिवेदनमा उल्लेखित विदेशमा रहेका नेपाली सेनाका ४६० जनालाई नियमानुसारको अवधिभित्र सम्पत्ति विवरण भर्ने/भराउने व्यवस्थाका गराउन अख्तियारले निर्देशन दिएको छ ।
यस्तै, प्रदेश तहमा सम्पत्ति विवरण नबुझाउने ५५४ जना सार्वजनिक पद धारण गरेका व्यक्ति, स्थानीय तहका सम्पत्ति विवरण नबुझाउने पालिका तहका ४ हजार ४६३ तथा चंखेली गाउँपालिकाका ३६ जना गरी कुल ४ हजार ४९९ र जि.स.स. तहका ३५ गरी कुल ४ हजार ५३४ जना सार्वजनिक पद धारण गरेका व्यक्तिलाई पनि ५ हजार रुपैयाँका दर जरिवाना गराउने अख्तियारले निर्णय गरेको छ ।
यी बाहेक तोकिएको समयावधिभित्र सम्पत्ति विवरण नबुझाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र त्यसअन्तर्गतका निकायहरूका विकास समिति, अस्थायी/करार आदिमा कार्यरत पदाधिकारी र कर्मचारीलाई पनि ५ हजारका दरले जरिवाना गराउने आयोगले निर्णय गरेको छ । यस्ता पदाधिकारी र कर्मचारीका संख्या भने खोलिएको छैन ।
यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रदेश तह वा स्थानीय तहअन्तर्गत हस्तान्तरण भएका निकायहरूमा कार्यरत पदाधिकारी/कर्मचारीहरुलाई पनि तोकिएको समयावधिमा सम्पत्ति विवरण नबुझाउने पदाधिकारी/कर्मचारीहरुलाई हजारका दरले जरिवाना गराउने निर्णय गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यी सबैले जरिवना बुझाएर जरिवाना गरी सम्पत्ति विवरण पेश गर्नुपर्ने आयोगको निर्णयमा उल्लेख छ ।
प्रकाशित समय १५:०४ बजे

















