गृहपृष्ठ सरकारको मुख्यसचिवमा बैरागी, डा. खतिवडा अमेरिकाको राजदूत
सरकारको मुख्यसचिवमा बैरागी, डा. खतिवडा अमेरिकाको राजदूत
parbat
बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिव नियुक्त गर्ने लगायतका महत्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूत सिफारिस गरिएको छ ।
प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए । त्यस्तै नयाँ मुख्यसचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरिएको छ । परराष्ट्र सेवाबाट मुख्य सचिव हुने वैरागी पहिलो व्यक्ति हुन् ।
मुख्यसचिव रेग्मीको कार्यकाल यही कात्तिक ३ मा सकिँदैथियो । त्यस्तै, परराष्ट्रसचिव बैरागी पनि असोज २२ बाट सेवानिवृत्त हुँदैथिए ।
निजामति सेवा ऐन २०४९ अनुसार मुख्य सचिवका रुपमा तीन वर्ष र सचिवका रुपमा पाँच वर्ष काम गर्न पाउने व्यवस्था छ । उमेर हद भने सबैका लागि ५८ वर्ष नै रहने व्यवस्था छ ।
प्रकाशित समय ११:५६ बजे

















