गृहपृष्ठ सानिमा बैंकद्वारा ८३औं शाखा विस्तार

सानिमा बैंकद्वारा ८३औं शाखा विस्तार

सानिमा बैंक लिमिटेडले चन्द्रपुरमा आफ्नो ८३औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ सेवा विस्तार गरेको छ । सानिमा बैंकको चन्द्रपुर शाखा बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

रौतहटको चन्द्रपुर नगरपालिका- ४ स्थित, चन्द्रपुर शाखाको उद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरे । जारी कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई शाखा सञ्चालनमा आएकोमा मेयर चौधरीले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले शाखाको सेवा सुचारु राख्न आग्रह गरे ।

सो शाखा सञ्चालनमा आएसँगै चन्द्रपुर र सो क्षेत्र आसपासका बासिन्दालाई गुणस्तरीय बैंकिङ सेवामा सहज पहुँच पुग्ने विश्वास बैंकले लिएको छ । सातै प्रदेशमा सानिमा बैंकको ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रकाशित समय ११:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु