गृहपृष्ठ प्रधानमन्त्रीका तीन सल्लाहकारसहित प्रमुख स्वकीय सचिवलाई कोरोना संक्रमण
प्रधानमन्त्रीका तीन सल्लाहकारसहित प्रमुख स्वकीय सचिवलाई कोरोना संक्रमण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शुक्रबार स्वाब दिएको र आफ्नो रिपोर्ट पोजेटिभ आएको रिमालले बताइएको छ । रिमालले सामाजिक सञ्जाल ट्वीटरमार्फत कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले ट्वीटरमा भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ।’
हिजोको PCR परीक्षणलेममा कोरोना-पोजिटिभदेखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।
Surya Thapa यांनी वर पोस्ट केले शनिवार, ३ ऑक्टोबर, २०२०
थापाले पनि फेसबुकमा भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ।’
थापाका अनुसार शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना पुष्टि भएको छ ।
हिजोको PCR परीक्षणबाट
म मा पनि कोरोना- पोजिटिभ
देखियो। यस बीच मसंग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु। pic.twitter.com/HmsQqPom1j— Bishnu Rimal (@BishnuRimal) October 3, 2020
प्रकाशित समय १७:०८ बजे

















