गृहपृष्ठ प्रदेश ५ को राजधानी टुंगो लाग्यो, भालुवाङ दुईतिहाइले पारित

प्रदेश ५ को राजधानी टुंगो लाग्यो, भालुवाङ दुईतिहाइले पारित

प्रदेश ५ को राजधानी भालुवाङ कायम भएको छ । राजधानी टुंगो लगाउन मंगलबार प्रदेशसभामा भएकाे मतदानमा भालुवाङको पक्षमा ६९ जना सदस्यले मतदान गरेका छन् ।

फ्लोर क्रस गरेका केही प्रमुख प्रतिपक्षका सांसदले पनि मतदान गरेपछि भालुवाङ राजधानी बनाउने प्रस्तावको पक्षमा ६९ मत परेको छ । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । विपक्षमा १३ मत परेको छ । अब प्रदेश ५ को राजधानी भालुवाङ र आसपासको क्षेत्र हुने भएको छ । अस्थायी राजधानी बुटवल रहेको थियो ।

राजधानी दाङ कि बुटवल भन्नेमा तीव्र विवाद रहेको थियो । विवादकै कारण सोमबारको बैठकमा कांग्रेस सांसदहरुले कुर्सी र माइक तोडफोडसमेत गरेका थिए ।

अब प्रदेशको नाम टुंगो लगाउने विषयमा मतदान प्रकृया सुरु भएको छ । प्रदेशको नाम लुम्बिनी प्रस्ताव गरिएको छ ।

प्रकाशित समय १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु