गृहपृष्ठ आज १ हजार ५५१ जनामा संक्रमण पुष्टि, देशभर २२ हजार ७०९ सक्रिय संक्रमित
आज १ हजार ५५१ जनामा संक्रमण पुष्टि, देशभर २२ हजार ७०९ सक्रिय संक्रमित
आज देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ९ हजार ११८ र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन् । क्वारेन्टिनमा रहनेको संख्या ४ हजार २ सय २१ जना रहेको छ ।
यस्तै आज ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १०१७ जना रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौँका ७ सय ८३, ललितपुरका १ सय १८, तथा भक्तपुरका १ सय १६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३४० जना कोरोना संक्रमणमुक्त भएका छन् । यसँगै देशभर कोरोना निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।
हाल देशभर कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ । कोरोनाबाट हालसम्म ५ सय ६३ जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित समय १७:१२ बजे

















