गृहपृष्ठ सुनको मूल्य स्थिर, चाँदीको ५ रूपैयाँ घट्यो
सुनको मूल्य स्थिर, चाँदीको ५ रूपैयाँ घट्यो
आज सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजारमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार चाँदीको मूल्य ५ रुपैयाँ घटेको छ । बुधबार प्रतितोला एक हजार २०५ रुपैयाँ मूल्य कायम भएको चाँदी मंगलबार भने एक हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय ११:४९ बजे

















