गृहपृष्ठ दसैँभत्ता फिर्ता गर्ने भीम रावलको घोषणा

दसैँभत्ता फिर्ता गर्ने भीम रावलको घोषणा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा सांसद भीमबहादुर रावलले आफ्नो दसैंँ भत्ता फिर्ता गर्न संसद सचिवालयलाई पत्र पठाएका छन् । काेराेना महामारीका कारण देश आर्थिक कठिनाईमा रहेका बेला सांसदहरुका लागि दसैँभत्ता बापत रकम उपलब्ध नगराउने नीतिगत निर्णय नै हुनुपर्ने उनको माग छ । ‘यदि मेरो खातामा जम्मा भइसकेको रकम हाल त्यस सचिवालयले फिर्ता लिन कठिनाई हुने भएमाभत्ता बराबरको मबाट चेक लिएर वा मेरो आगामी महिनाको पारिश्रमिकबाट सो रकम कट्टी हुने गरी जुन त्यस सचिवालयलई सहज हुन्छ सोहीअनुरुप गर्नुहोला,’ रावलले भनेका छन् ।

प्रकाशित समय १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु