गृहपृष्ठ आइपीएलको सट्टेबाजी खेलाउने ३ जना पक्राउ

आइपीएलको सट्टेबाजी खेलाउने ३ जना पक्राउ

arrest_पक्राउ_news karobar

युएईमा आयोजना भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल)को अनलाइनमार्फत सट्टेबाजी खेल खेलाउने कार्यमा संलग्न ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका- १६, भट्टीमोड बस्ने ३७ वर्षीय पुरुषोत्तम साह, सोही ठाउँ बस्ने ३५ वर्षीय मंजित साह, सोही महानगरपालिका- १५, जानकी मन्दिर छेउ बस्ने २८ वर्षीय अपजर अली रहेका छन् ।

पुरुषोत्तमको घरमा आइपीएल खेलको सट्टेबाजी भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई सट्टेबाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद २८ हजार ५ सय रुपैयाँ, ३ थान मोबाइल, ३ वटा डायरी र को.१८ प ६८८९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित समय १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु