गृहपृष्ठ आइतबार पाँच सयले बढ्यो सुनको मूल्य
आइतबार पाँच सयले बढ्यो सुनको मूल्य
आइतबार सुनको मूल्य ५ सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ९५ हजारमा कारोबार भइरहेको हो ।
आइतबार तेजावी सुनको मूल्य पनि ५ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको थियो । महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आइतबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार १९५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
प्रकाशित समय १३:१९ बजे

















