गृहपृष्ठ दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित ४ जना पक्राउ
दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित ४ जना पक्राउ
कोहलपुर नगरपालिका- ११, बसपार्कस्थित न्यू राप्ती होटलबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको २ फिट २ ईन्च लम्बाई भएको १ थान छालासहित ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुर्खेत बराहताल गाउँपालिका- ५ बस्ने २७ वर्षीय गणेश नेपाली, सोही स्थान बस्ने २८ वर्षीय लाल बहादुर नेपाली, दैलेख चामुण्डाबिन्द्रा नगरपालिका- ५ बस्ने २२ वर्षीय दिनेश कार्की र सोही स्थान बस्ने २७ वर्षीय उमेश बहादुर थापा रहेका छन् ।
उक्त होटलमा रेडपाण्डाको छाला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उनीहरू बसेको कोठाबाट उक्त छाला फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रकाशित समय १६:३३ बजे

















