गृहपृष्ठ नेपाल-भारतबीचका समस्या संवादमार्फत् समाधान हुने प्रधानमन्त्रीको विश्वास

नेपाल-भारतबीचका समस्या संवादमार्फत् समाधान हुने प्रधानमन्त्रीको विश्वास

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज शिष्टाचार भेट गरेका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरे ।

उनले दुई देशबीच सदिऔं पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एक अर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको उल्लेख गरेका छन् ।

प्रकाशित समय १६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु