गृहपृष्ठ झुक्याएर भारत लैजान लागिएका १२ युवतीको उद्धार

झुक्याएर भारत लैजान लागिएका १२ युवतीको उद्धार

सांकेतिक तस्बिर ।

विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुर्‍याइएका १२ नेपाली युवतीको उद्धार गरिएको छ । कोराना महामारीको विषम परिस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लैजान लागिएको सूचनाका आधारमा ती युवतीहरूको आफन्त, नेपाल संस्थाको पहल र जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा उद्धार गरिएको हो । हाल उनीहरु सोही संस्थाको संरक्षणमा छन् ।

सिराहा र सर्लाहीमा स्टेज कार्यक्रममा नाच प्रदर्शन गर्ने भनी विभिन्न जिल्लाबाट पर्साको वैकल्पिक नाका हुँदै भारतसम्म पुर्‍याइएका ती युवतीहरूको उद्धार गरिएको बताइएको छ । ती युवतीहरूलाई स्टेज कार्यक्रममा नाच देखाउने र दैनिक दुई हजारका दरले रकम दिने भनी काठमाडौँको बालाजुबाट लगिएको थियो । पथलैयाको जंगलमा पुगेपछि उनीहरुलाई समूह विभाजन गरी नेपाल भारत सिमानामा पुर्‍याइएको थियो । सीमा कटाउने क्रममा चार जनालाई सीमा नाकाबाट र अन्य सात जनालाई भारतबाट उद्धार गरिएको हो । ती युवतीसँगै रहेका युवक पनि पक्राउ परेका छन् ।

आफन्त नेपालका निर्देशक ईन्द्रराज भट्टराईले बेरोजगारीको चपेटामा परेर दैनिकी गुजार्न समस्या परेकाबाट फाइदा लट्न मानव तस्करहरु सक्रिय भइरहेका बताए । उनले यस्ते बेला आफूहरुले उद्धारमा काम गर्न पाएकामा समेत खुशी व्यक्त गरे ।

प्रकाशित समय १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु