गृहपृष्ठ हङकङबाट नेपालकाे सिटी एक्सप्रेसमा पैसा पठाउन सकिने
हङकङबाट नेपालकाे सिटी एक्सप्रेसमा पैसा पठाउन सकिने
हङकङको ख्यातिप्राप्त वायरइज रेमिट्यान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । याेसँगैँ हङकङमा रहेका नेपालीहरुले वायरइज रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् ।
उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र वायरइज रेमिट्यान्सको तर्फबाट निर्देशक ऋतु त्रिपाठीले हस्ताक्षर गरेका छन् ।
यसका साथै हङकङबाट पठाइएकाे रकम नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १० हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिनसक्ने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सक्नेछन् ।
यही नोभेम्बर ३० सम्म वायरइज रेमिट्यान्सबाट सिटी एक्सप्रेसमार्फत गरिने बैंकिङ कारोबार निःशुल्क गरिएको पनि कम्पनीले जनाएकाे छ ।
प्रकाशित समय १७:०४ बजे

















