गृहपृष्ठ आज पनि उकालो लाग्यो नेप्से, कारोबार रकममा उल्लेख्य वृद्धि
आज पनि उकालो लाग्यो नेप्से, कारोबार रकममा उल्लेख्य वृद्धि
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेप्से उकालो लाग्दा कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.२२ अंकले बढेर एक हजार ६५२.८० मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक भने आज ०.६१ अंकले घटेर ३२५.३३ मा पुगेको छ । कूल १९५ कम्पनीको एक करोड ३५ हजार ३१३ कित्ता सेयर तीन अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७२६ मा कारोबार भयो ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये आज छ उपसमूहको सेयर उकालो लागेको छ भने छ उपसमूहको सेयर ओरालो लागेको छ । बैंकिङ ११.५२, होटल ४.१, विकास बैंक १५.२६, जलविद्युत् १५.२३, जीवन बिमा १७.१९ र सामूहिक लगानी कोष ०.०४ अंकले ओरालो लागेको छ । यस्तै, व्यापार ५८.८, वित्त ०.९२, निर्जीवन बिमा ६५.८५, उत्पादन २६.६८, अन्य ४६.६४ र लघुवित्त ३१.६२ अंकले उकालो लागेको छ ।
कारोबारका आधारमा आज नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ५५ करोड एक लाख ८१ ह्जार ४८५ बराबरको कारोबार भयो । यस्तै, नेपाल दूरसञ्चार कम्पनी १३ करोड ७४ लाख ७५ हजार ३०८, हिमालयन डिस्टिलरी १३ करोड ३६ लाख ७८ हजार २७६, अपि पावर कम्पनी १० करोड ८५ लाख ६९ हजार ५६०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १० करोड ३२ लाख ९८ हजार २६६, एभरेष्ट बैंक नौ करोड ६९ लाख २९ हजार ४६९, प्रभु बैंक आठ करोड २० लाख ९३ हजार ५९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक १०, मिथिला लघुवित्त वित्तीय संस्था ९.९३, सानिमा जनरल इन्स्योरेन्स ९.९३, नेपाल पुनरर्बिमा कम्पनी ८.३९, बोटलर्स नेपाल तराई ६.९१, साधना लघुवित्त ५.७९ र साल्ट ट्रेडिङ कर्पोरेशनका सेयरधनीले ५.२६ प्रतिशतले कमाए । त्यस्तै, घलेम्दी हाइड्रोपावर ४.८६, पाँचथर पावर कम्पनी ४.३५, युनिभर्सल पावर ३.८५, हिमालयन पावर पार्टनर ३.८५, एभरेष्ट बैंक ३.५८, साञ्जेन जलविद्युत् कम्पनी ३.३० र सिनर्जी पावरका लगानीकर्ताले ३.२८ प्रतिशतले गुमाए ।
प्रकाशित समय १८:०१ बजे

















