गृहपृष्ठ ६ लाख ८४ हजार नक्कली नोटसहित ३ जना पक्राउ

६ लाख ८४ हजार नक्कली नोटसहित ३ जना पक्राउ

गोलबजार नगरपालिका- ६ बाट १ हजार दरका ६ लाख ८४ हजार नक्कली नोट, १ थान ल्यापटप, १ थान प्रिन्टर, १ थान प्लाष्टिकको फोल्डिङ टेबल र च्यातिएको नक्कली नोट कागजका टुक्राहरु सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका- ६ डेरा गरी बस्ने कल्याणपुर नगरपालिका- ७ भेडिया बस्ने २५ वर्षीय बिमलेन्द्र नायक, गोलबजार नगरपालिक- १२, बेतौना बस्ने २५ वर्षीय धिरज राय र सोही ठाउँ बस्ने २० वर्षीय संजय राय रहेका छन् । ईलाका प्रहरी कार्यालय मिर्चैया, ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल गोलबजारबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु