गृहपृष्ठ भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या कमी

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या कमी

भारतमा कोरानाभाइरसबाट संक्रमित भइ सक्रिय अवस्थामै रहेकाहरुको संख्या पछिल्ला दिनमा न्यून हुँदै गएको छ । कोरोनाभाइरसको महामारीबाट अति प्रभावित मुलुकहरुको अग्रपंक्तिमा रहेको भारतमा पछिल्लो समयमा दैनिक संक्रमितको संख्यामा पनि कमी आएको छ ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४४ हजार ८७८ जना संक्रमित थपिएका छन् । भारतमा योसँगै कुल संक्रमितको संख्या ८७ लाख २८ हजार ७९५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ५४७ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख २८ हजार ६६८ जनाको मृत्यु भएको विवरण छ ।

भारतमा अहिले सक्रमित अवस्थामै रहेकाहरुको संख्या घट्दै गएर चार लाख ८४ हजार ५४७ पुगेको छ । भारतमा केही हप्ता अगाडिसम्म झण्डै १० लाख मानिस सक्रिय संक्रमित अवस्थामै रहेका थिए । भारतको स्वास्थ्य अनुसन्धान परिषदले अहिलेसम्म १२ करोड ३१ लाख नमुना परीक्षण गरेको छ ।

प्रकाशित समय १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु