गृहपृष्ठ जनकपुरमा युवतीमाथि एसिड प्रहार

जनकपुरमा युवतीमाथि एसिड प्रहार

सांकेतिक तस्बिर ।

जनकपुरमा घरमै रहेकी एक महिलामाथि एसिड प्रहार भएको छ । शनिबार बिहान जनकपुर उपमहानगरपालिका- ७ स्थित घरमै काम गरिरहेकी २६ वर्षीया आरती साहमाथि एसिड प्रहार भएको हो ।

प्रहरीका अनुसार एसिडबाट उनको अनुहार र छातीको भाग जलेको छ । हाल उनको जनकपुरस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । घटना विषयमा थप अनुसन्धान तथा एसिड आक्रमण गर्नेको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित समय १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु