गृहपृष्ठ अर्काे वर्षको अप्रिलसम्म कोरोना भाइरसको खोप उपलब्ध हुन्छ : राष्ट्रपति ट्रम्प
अर्काे वर्षको अप्रिलसम्म कोरोना भाइरसको खोप उपलब्ध हुन्छ : राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोनाभाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन् । उनले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबै जना अमेरिकी नागरिकका लागि नै उपलब्ध हुने दाबी गरेको समाचारमा जनाइएकोा छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार एक कार्यक्रममा सो कुरा बताएको प्राप्त समाचारमा जनाइएको छ । उनले आफू हालैमात्र अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पराजय भएपछि पहिलोपटक यो सार्वजनिक रुपमा मन्तव्य दिएका हुन् ।
यस मन्तव्यमा राष्ट्रपति ट्रम्पले अमेरिकाले खोप निर्माणका लागि निकै संघर्ष गरेको पनि बताएका थिए । त्यस कार्यक्रममा उनले भनेका थिए, ‘आगामी अप्रिल महिनासम्ममा सबे जना अमेरिकी नागरिकलाई यो खोप दिइने छ र पहिलो चरणमा यो खोप कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिइने छ ।’
त्यसपछि यहाँका वृद्धवृद्धाहरु र कोरोनाभाइरसको जोखिममा रहेको समुदायका लागि यो खोप दिइने पनि राष्ट्रपति ट्रम्पले जानकारी दिइ । पिफिजर कोभिड १९ खोप सबै अमेरिकी नागरिकलाई प्राप्त हुने भन्दै अमेरिकाको लगानीका कारण यो सबै सम्भव भएको पनि उनले बताए ।
यसअघि पनि उनले सन् २०२१ को पहिलो चार महिनाभित्र नै अमेरिकी नागरिकले खोप प्राप्त गर्ने जानकारी दिएका छन् । निर्वाचनमा आफ्नो पराजयपछि आज उनले यो सम्बोधन गरिरहँदा हालै निर्वाचन परिणामको बारेमा भने कुनै प्रतिक्रिया नदिएको बताइएको छ । (रासस)
प्रकाशित समय १२:३४ बजे

















