गृहपृष्ठ पटका पड्काउँदा घरमा आगलागी, लाखौँको क्षति

पटका पड्काउँदा घरमा आगलागी, लाखौँको क्षति

पाँचथरको हिलिहाङ गाउँपालिका ३ पञ्चमीस्थित तुम्बुङमा गए राति एक व्यक्तिको घरमा आगलागी भएको छ । आगलागीबाट शर्ण योङहाङको घर पूर्णरूपमा क्षति हुँदा पाँच लाख ८६ हजार रूपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

तिहारमा पड्काइएको पटकाबाट आगलागी सुरु भएको हो । प्रहरी चौकी गोपेटारबाट गएको टोलीले चार घण्टापछि आगो नियन्त्रणमा लिएको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।

यस्तै आइतबार बिहान विद्युत् चुहिएर आगो लाग्दा पाँचथरको मिक्लाजुङ गाउँपालिका ६ मेवाखोलामा धनराज लिम्बूको घर पनि पूर्णरूपमा जलेको छ । आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, पाँच तोला चाँदी, १० हजार नगदसहित घर पूर्णरूपमा जलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घर नष्ट हुँदा तीन लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको छ । इलाका प्रहरी कार्यालय रविबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो । (रासस)

प्रकाशित समय १२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु