गृहपृष्ठ कपनमा आगलागी : एक जनाको मृत्यु, दुई घाइते
कपनमा आगलागी : एक जनाको मृत्यु, दुई घाइते
सांकेतिक तस्बिर ।
काठमाडौँको कपनको बालुवाखानी चोक स्थित एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । नुवाकोटका कृष्णबहादुर तामाङको कोठामा आगलागी हुँदा ३९ वर्षीय तामाङको निधन भएको कपन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय नारायण बस्नेतको चारतले घरको पहिलो तलामा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–५ का तामाङको जलेर मृत्यु भएको र तिहारको टीका लगाउनका नुवाकोटबाट आएकी उनकी बहिनी ३५ वर्षे विपना तामाङ र उनका छोरा ११ महिने दावा जलेर घाइते भए छन् ।
प्रकाशित समय ०९:४८ बजे

















