गृहपृष्ठ शुक्रबार थपिए १ हजार ९४५ संक्रमित
शुक्रबार थपिए १ हजार ९४५ संक्रमित
शुक्रबार १० हजार ३४० पीसीआर परीक्षण गर्दा १ हजार ९४५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार थप ५ हजार ३ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई घर फर्कनेको संख्या १ लाख ९१ हजार २ जना रहेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ जना रहेको छ । जसमध्ये ७५३ जना क्वारेन्टिनमा छन् । आज कोरोनाबाट थप २२ जनाको मृत्यु भएको छ । यसँगै हालसम्म देशभर कोरोनाबाट १ हजार २९८ जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित समय १७:३७ बजे

















