गृहपृष्ठ बर्दिबासमा बालिका हत्या प्रकरण : प्रदर्शनकारीमाथि गोली चल्यो, १ जना गम्भीर

बर्दिबासमा बालिका हत्या प्रकरण : प्रदर्शनकारीमाथि गोली चल्यो, १ जना गम्भीर

महोत्तरीको बर्दिबास- १४, शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कडा कारवाहीको माग गर्दै स्थानीयले मंगलबार बिहानैदेखि गरेको उग्र प्रदर्शन नियन्त्रण गर्न प्रहरीले चलाएको गाेली चलाएको छ । गोली लागेर प्रदर्शनकारी घाइते भएका छन् ।

गाेली लागि घाइते हुनेमा स्थानीय युवा संजय नेउपाने रहेका छन् । घाइतेको उपचार वर्दिवासस्थित पिनाकल हस्पिटलमा भइरहेको छ । उपचार संलग्न डा. इश्वर कार्कीकाअनुसार नेउपानेको तिघ्रा  गोलीले छेडेको छ । उनको अवस्था गम्भिर रहेको डा. कार्कीले बताए ।

प्रदर्शनकारीहरुले निरन्तर प्रदर्शन गर्दै ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुको साथै हवाइ फायर गरेपछि नेउपानेलाई गाेली लागेको बताइएको छ । भीड नियन्त्रणमा लिन हवाइ फायर गरेको भए पनि कति राउन्ड हवाइ फायर भएको यकिन नभइसकेको इलाका प्रहरी कार्यलय बर्दिबासका डीएसपी राजन चापागाइँले जानकारी दिए । प्रदर्शन स्थलमा भीडलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

आरोपितको घरमा आगजनी

बलात्कार आरोपितको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ मुलघर भएका २५ वर्षीय अरूण कुमार साहको घरमा आगजनी भएको हो । प्रहरीका अनुसार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा स्थानीयवासीले तोडफोड गर्दै आगजनी गरेका हुन् । आगो निभाउन आएको दमकललाई प्रदर्शनकारीहरूले बाटोमै रोकिदिएपछि आगलागीबाट घर क्षतिग्रस्त बनेको छ ।

प्रकाशित समय १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु