गृहपृष्ठ भरतपुर अस्पताललाई २० लाखको स्वास्थ्य सामग्री सहयोग

भरतपुर अस्पताललाई २० लाखको स्वास्थ्य सामग्री सहयोग

फायल तस्बिर

कोरोनाभाइरसविरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र बिरामीका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको छ । भरतपुर अस्पताललाई कोकाकोला फाउन्डेसन नेपाल र नेपाल रेडक्रस सोसाइटीले संयुक्त रूपमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका सामग्रीमा १६ लाख ३२ हजार ८५० रुपैयाँबराबरको एउटा भेन्टिलेटर, ६ हजार थान सर्जिकल मास्क, दुई हजार ५ सय थान सर्जिकल पञ्जा, १ सय थान सुरक्षा पोसाक, केएन ९५ मास्क २ सय थान र ५० थान सुरक्षा चस्मा छन् । ती सबै सामग्रीको मूल्य २० लाख तीन हजार ६५७ रहेको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उप-कोषाध्यक्ष होम पाठकले जानकारी दिए ।

उप-कोषाध्यक्ष पाठक र रेडक्रस चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । सो अवसरमा अध्यक्ष अधिकारीले सबैको साथ र सहयोगले कोभिड १९ का बिरामीको उपचारमा सहज भएको बताए । (रासस)

प्रकाशित समय १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु