गृहपृष्ठ ‘ग्लोकल टिन हिरो’का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

‘ग्लोकल टिन हिरो’का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

‘वाइवाइ ग्लोकल टिन हिरो २०२०’का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देशभरीका किशोरकिशोरीहरुबाट कुल ६०४ आवेदन आएकोमा बुधबार अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो ।

ग्लोकल टिन हिरो नेपालको यो छैठौं संस्करण हो । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रष्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । विजेताको नाम घोषणा र पुरस्कार वितरण भने अनलाइन माध्यमबाट डिसेम्बर १२ मा हुनेछ ।

किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान-प्रविधि र उद्यमशीलता, वातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

अन्तिम ६ प्रतिस्पर्धीहरू :

  •  एकराज घिमिरे, १८, वातावरणविद्, पाल्पा
  •  मन्दिरा श्रेष्ठ, १९, स्वास्थ्य अभियन्ता, रामेछाप
  •  रीत काफ्ले, १८, शिक्षक, विराटनगर
  •  सुभाश शर्मा, १७, कोडर, जनकपुर
  •  सुलव सुवेदी, नवप्रवर्दक, १८, इलाम
  •  वैभव नाहटा, १८, उद्यमी, विराटनगर

ग्लोकल टिन हिरो २०२० उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी संसारमाझ चिनाउने र यसमार्फत अरु किशोरकिशोरीहरु पनि प्रेरित हुने आयोजकको अपेक्षा छ । अब अन्तिम ६ प्रतिस्पर्धीको एक सातासम्म क्षमता विकास तालिम हुनेछ । एसएमएस भोटिङ राउण्ड र प्रतिस्पर्धीको छुट्टाछुट्टै हुने अन्तर्वार्ताको आधारमा यो वर्षको टिन हिरो छानिने छ । प्रतिस्पर्धीहरुको डिसेम्बर १२ मा निर्णायक प्यानलले व्यक्तिगत रुपमा अन्तर्वार्ता लिनेछन् ।

प्रकाशित समय १२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु