गृहपृष्ठ गाउँपालिका र स्वास्थ्य कार्यालयबीच समन्वय नहुँदा औषधि अभाव

गाउँपालिका र स्वास्थ्य कार्यालयबीच समन्वय नहुँदा औषधि अभाव

Medicines

कालिकोटको पलाँता गाउँपालिका- ७, थिर्पुमा रहेको स्वास्थ्य चौकीमा अत्यावश्यक औषधिको अभाव भएको छ । निःशुल्क वितरण हुने औषधि खरिदका विषयमा गाउँपालिका र स्वास्थ्य कार्यालयबीच समन्वय नहुँदा सिटामोलसमेत अभाव भएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाबाट औषधि आउन छाडेकाले औषधिको अभाव भएको स्वास्थ्य चौकीका प्रमुख कमल बमले जानकारी दिए । ‘गाउँपालिकाले २० लाख बराबरको औषधि खरिद गरेको भन्ने जानकारी पाएको छु । यहाँ आइपुगेको छैन,’ उनले भने, ‘सरकारले निःशुल्क दिने भनेको औषधि पनि बिरामीले निजी मेडिकलबाट किन्नुपर्ने बाध्यता छ ।’

मौसम परिवर्तन भएसँगै बिरामीको चाप बढेको स्वास्थ्य चौकीका प्रमुख बमले जानकारी दिए । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले स्वास्थ्य चौकीको अनुगमन गर्दा औषधि नभएको बताए । स्वास्थ्य चौकीबाट ४० प्रकारका औषधि निःशुल्क वितरण हुने सरकारको नीति रहेको छ । निःशुल्क पाइने औषधि पनि मेडिकलबाट किन्नुपरेको स्थानीयवासी कालीबहादुर बमको भनाइ छ । ‘हामीले निःशुल्क पाइने सिटामोल जस्ता औषधिसमेत मेडिकलबाट किनेर खानुपर्ने बाध्यता छ,’ उनले भने । (रासस)

प्रकाशित समय १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु