गृहपृष्ठ नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक सकियो

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक सकियो

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक सकिएको छ । एक वर्षपछि भएको दुई देशका सचिवको औपचारिक बैठक केहीबेर सकिएको हो । बैठकमा नेपाल-भारत सम्बन्धका सबै विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले गरेका थिए । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार बैठकमा भएका कुराकानीबारे प्रेस विज्ञप्तिमार्फत विस्तृत जानकारी दिने तयारी भइरहेको छ ।

सचिव पौड्याल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत तथा विदेश सचिव श्रृंगला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय (उत्तर) विभागका सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत यहाँस्थित भारतीय दूतावासका कर्मचारी रहेका थिए ।

बैठकअघि परराष्ट्र सचिव पौडेल र भारतीय विदेश सचिव श्रृंगला ।

प्रकाशित समय १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु