गृहपृष्ठ ९,४९१ पीसीआर परीक्षण गर्दा थप १,६१४ जनामा कोरोना पुष्टि
९,४९१ पीसीआर परीक्षण गर्दा थप १,६१४ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा ९ हजार ४९१ जनामा पीसीआर परीक्षण गर्दा थप १ हजार ६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० जना पुगेको छ ।
बिहीबार थप १ हजार ४३७ जना कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ । जसमध्ये १६ हजार ७९३ जना आइसोलेसनमा र ६८० जना क्वारेन्टिनमा छन् ।
मन्त्रालयका अनुसार आज थप २३ जनाको कोरोना भाइरसबाट ज्यान गएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट १ हजार ४१२ जनाले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म देशभर १७ लाख पीसीआर परीक्षण गरिएको छ ।
प्रकाशित समय १६:४० बजे