गृहपृष्ठ कञ्चनपुरमा एक युवक मृत फेला

कञ्चनपुरमा एक युवक मृत फेला

कञ्चनपुरको महेन्द्रनगरमा एक जना युवक मृत फेला परेका छन् । शुक्रबार बिहान वेदकोट नगरपालिका-४ सुनार टोलका २५ वर्षीय कमलदमाईं मृतावस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको शव घाँटीमा टेलिफोनको जस्तो तारमा बेरिएको अवस्थामा भेटिएको जानकारी दिए । मृतकका शरीरमा अन्य कुनै प्रकारको चोट नरहेको जनाइएको छ ।

कञ्चनपुर प्रहरीले दमाईंको हत्या गरिएको आशंकामा अनुसन्धानका लागि धनगढीबाट तालीमप्राप्त कुकुरसमेत ल्याएर अनुसन्धान गरिरहेको छ । ‘मृतकका बुबाले दिएको प्रारम्भिक जानकारीअनुसार दमाईं गत असोजमा मजदूरी गर्न स्याङ्जा गएका थिए’, प्रहरी नायब उपरीक्षक थापाले भने, ‘विस्तृत अनुसन्धान हुँदैछ ।’

प्रकाशित समय ११:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु