गृहपृष्ठ पछिल्लो २४ घण्टामा १२५५ कोरोना संक्रमित थपिए, १४०४ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा १२५५ कोरोना संक्रमित थपिए, १४०४ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा १ हजार २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । आइतबार थप १ हजार ४०४ जना डिस्चार्ज भएका छन् । हालसम्म २ लाख १२ हजार ५९० जना संक्रमित कोरोनामुक्त भएर घर फर्केकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ जना जना रहेको छ । जसमध्ये १७ हजार ९०९ जना आइसोलेसनमा र ६३२ जना क्वारेन्टिनमा छन् । आज थप २५ जनाको कोरोना भाइरसबाट ज्यान गएको छ । हालसम्म नेपालमा कोरोनाबाट १ हजार ४७९ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित समय १६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु