गृहपृष्ठ वायु पारदर्शिताका कारण तराइमा सडक तथा हवाइ यातायात प्रभावित हुनसक्ने
वायु पारदर्शिताका कारण तराइमा सडक तथा हवाइ यातायात प्रभावित हुनसक्ने
देशभरको मौसम आज सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । त्यसैगरी आज राति पनि देशभरको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
देशका धेरैजसो स्थानहरुको वायुको तापक्रममा गिरावट आइरहेको छ । जसका कारण तराईका भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी हुने महाशाखाको अनुमान छ । तसर्थ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
प्रकाशित समय ०७:२३ बजे

















