गृहपृष्ठ उदयपुरमा बम विष्फोट, ४ जना घाइते, २ वटा शंकाष्पद वस्तु फेला

उदयपुरमा बम विष्फोट, ४ जना घाइते, २ वटा शंकाष्पद वस्तु फेला

bisfot-newskarobar सांकेतिक तस्बिर ।

उदयपुरको कटारी नगरपालिका- ८, भण्टाबारी स्थित सौर्य सिमेन्टको ढुंगा खानी क्षेत्रमा शक्तिशाली बम विष्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गएराति १२:२५ बजे विष्फोट भएको हो । विष्फोटपछि भाग्ने क्रममा खानीमा काम गर्ने चारजना मजदुर घाइते भएका छन् । बम विष्फोटबाट एउटा मोटरसाइकल र दुईवटा स्काभेटरमा क्षति पुगेको छ । विष्फोटबाट १५ लाख रूपैयाँ बराबरको क्षति पुगेको प्रहरीको अनुमान छ ।

घाइते हुनेहरूमा उदयपुरको कटारी नगरपालिका- ७ का २३ वर्षीय नविन मगर, ८ का २४ वर्षीय विष्णु मगर, उदयपुरकै उदयपुरगढी गाउँपालिका- २ का २७ वर्षीय दुर्गाबहादुर तामाङ र मकवानपुरको भीमफेदी गाउँपालिका- ९ का ३० वर्षीय सागर मोक्तान रहेका छन् । उनीहरूकाे खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले  जनाएको छ ।

प्रहरीका अनुसार, तीन/चार जनाको अज्ञात समूहले ढुंगाखानीका कामदारहरूलाई हातपात र गालीगलाैज गर्दै ४ वटा विष्फोट गराएका थिए । सो स्थानमा अहिले पनि दुईवटा शंकाष्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता इन्स्पेक्टर छिरिङ शेर्पालले न्युजकारोबारलाई जानकारी दिए । घटनास्थालमा प्रहरी टोली गइसकेको उनले बताए । उनका अनुसारमा घटनामा संलग्नहरूको खोजीलाई प्रहरीले व्यापक बनाएको छ ।

प्रकाशित समय १०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु