गृहपृष्ठ भारतसँग औपचारिक संवादको ढोका खुल्यो : परराष्ट्रमन्त्री
भारतसँग औपचारिक संवादको ढोका खुल्यो : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र नेपालबीच औपचारिक संवादको ढोका खुलेको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय विदेश सचिवको हालै सम्पन्न भ्रमणसँगै दुई देशबीच संवादहीन अवस्थाको अन्त्य भएको बताए ।
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको भ्रमण तीन कारणले महत्वपूर्ण भएको मन्त्री ज्ञवालीको भनाइ छ । ‘पहिलो, नक्सा प्रकाशन गरेपछि रोकिएको औपचारिक सम्वादको ढोका खुल्यो । दोस्रो सीमा समस्यालाई नेपालले औपचारिक एजेण्डा बनाएर उठाएको छ र दुवै देश संवादबाटै समाधान खोज्न तयार भएको छ,’ उनले भने, ‘तेस्रो, आगामी स्टेटहरु के भन्ने तय भएको छ । नेपाल सरकारले समस्याहरु समाधान गर्ने र सम्बन्धलाई बलियो बनाउने बाटोमा परिस्थिति अगाडि बढेको विश्वास लिएको मन्त्री ज्ञवालीले बताए ।
प्रकाशित समय १२:३८ बजे

















