गृहपृष्ठ अटोमेटिक पेस्तोल, गोली र म्यागजिन बरामद

अटोमेटिक पेस्तोल, गोली र म्यागजिन बरामद

फाइल तस्बिर ।

धरान उपमहानगरपालिका- १३, मदन आश्रित मार्गस्थित नालीबाट बवारिसे अवस्थामा रहेको १ थान अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने ५ राउण्ड गोली र १ थान म्यागजिन बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानमा शंकास्पत वस्तु छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बवारिसे अवस्थामा झोलाभित्र रहेको उक्त हतियार फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ ।

प्रकाशित समय १३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु