गृहपृष्ठ निशुल्क अन्तर बैंक एटीमएम सुविधा हट्यो
निशुल्क अन्तर बैंक एटीमएम सुविधा हट्यो
कोरोना महामारी र लकडाउनको अवस्थामा सर्वसाधारणको सहुलियतका लागि लागू गरिएको निशुल्क अन्तर बैंक एटीएम सेवा आजदेखि खारेज भएको छ । अबदेखि एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क लाग्नेछ ।
यसअघि राष्ट्र बैंकको निर्देशनअनुसार जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क लाग्दैन थियो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एमीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो ।
प्रकाशित समय १३:१९ बजे

















