गृहपृष्ठ कोभिड-१९ संक्रमित कर्मचारीले सार्वजनिक विदा पाउने

कोभिड-१९ संक्रमित कर्मचारीले सार्वजनिक विदा पाउने

PM OFFICE_NewsKarobar

सरकारले कोभिड-१९ बाट संक्रमणका कारण क्वारेन्टिन वा आईसोलेसनमा बसी अथवा अस्पतालमा उपचार गराइरहेका कर्मचारीलाई अनुपस्थित अवधिमा सार्वजनिक विदा कायम गरिदिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदले मंसिर १० गते क्वारेन्टिन वा आईसोलेसनमा बसेका कर्मचारीलाई बढीमा १४ दिनसम्म र अस्पतालमा उपचाररत रहेको अवधिभर सार्वजनिक विदा कायम गरिदिने निर्णय गरेको हो ।

यो निर्णय निजी संघसंस्थाका हकमा समेत लागू गराउन भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले परिपत्र गरेको छ । संक्रमित कर्मचारीले सम्बन्धित कार्यालय प्रमुखबाट कोभिड-१९ बाट संक्रमित भइ क्वारेन्टिन, आईसोलेसन वा अस्पतालमा उपचार गराएको प्रमाणित गराउनु पर्ने परिपत्रमा उल्लेख छ ।

प्रकाशित समय १४:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु